‘विश्‍वासको मत दिन सक्दैनौं, संसदमा तटस्थ बस्छौँ’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर भोलि हुने संसदको विशेष अधिवेशनमा विश्वासको मत दिन नसक्ने बताएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले जसपाले सरकारलाई विश्वासको मत नदिने बताएर हिँडेका हुन् ।

आफूहरुको माग अझै पूरा भइनसकेको भन्दै ठाकुर र महतोले विश्वासको मत दिन नसक्ने जानकारी ओलीलाई दिएका हुन् । ‘हामी विपक्षमा पनि मत दिंदैछौं, तटस्थ बस्छौं,’ ओलीसँग ठाकुर भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ुहामी सरकार फेरबदलको चक्करमा पर्दैनौँ, तपाईंले हाम्रा माग पूरा नगरेकाले संसदमा हामी तटस्थ भूमिकामा हुनेछौँ।’

भेटका क्रममा नेताद्वयले मधेस आन्दोलनका क्रममा आफ्ना नेता–कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता प्रक्रियाबारेमा प्रधानमन्त्रीसँग जवाफ खोजेका थिए । प्रधानमन्त्री ओलीले केही मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता गर्न मिल्ने भएकाले समय लागेको बताएका थिए।

प्रतिक्रिया