नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक भर्चुअल (जुम मार्फत) रुपमा बस्ने भएको छ । कतिपय स्थायी कमिटीका नेताहरुलाई कोरोना आशंका गरिएकाले जुम मिटिङ गर्न लागिएको नेता नेपालको सचिवालयले जनाएको छ। विकसित पछिल्लो राजनीति घटनाक्रमका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो। प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिने भएकाले त्यस बिषयमा रणनीति बनाउन बैठक बस्न लागेको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला नेपालपक्षका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन उनीहरुले यो कदम चालेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपालपक्षले त्यसअघि नै ओलीलाई सरकारबाट हटाउन सजिलो पार्नेगरी राजीनामा पत्रमा हस्ताक्षर गरेको हो।

प्रतिक्रिया