देवेन्द्रको गीत ‘तिम्रो मायाले’ रोजाइमा

 

काठमाडौं । गायिका सम्झना लामिछाने मगर र देवेन्द्र मरासिनीले आवाज दिएको  ‘तिम्रो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युबमा सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको रोजाइमा परेको छ । यही वैशाख २० गते सार्वजनिक गरिएको गीतको भिडियोलाई यो समाचार तयार गर्दासम्म युट्युबमा एक लाख ९० हजारभन्दा धेरै पटक हेरिएको छ । नृत्य निर्देशक तथा मोडल मिनुज राना मगरले शब्द सिर्जना र संगीत भरेको उक्त गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ । गायिका सम्झना लामिछाने मगर र देवेन्द्र मरासिनीले आवाज दिएको गीतमा गायनसँगै भिडियोमा नृत्य पनि दमदार देख्न सकिन्छ ।

उक्त भिडियोमा मिनुज राना स्वयं आफैँ र गायक देवेन्द्र मरासिनी, मोडल रिना थापा मगर र करिश्मा ढकालको दमदार नृत्यको साथ अभिनय रहेको छ । भिडियोको निर्देशन र कोरियोग्रफर पनि मिनुज आफैँले गरेका हुन् भने नवीन गिरीको छायांकन रहेको छ ।

युवा युवतीबीचका माया प्रेमका प्रसंग शब्दमा उठान गरेर गीत बजारमा ल्याएको मिनुजले बताए । उनको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वनकि गरिएको छ । मिनुजले चलचित्रमा पनि निर्देशन र नायकको भूमिकामा अभिनय गर्दै आएका छन् ।

प्रतिक्रिया