ट्रेन्डिङमा महेश मेलिनाको गीत

काठमाडौं । गायक महेश काफ्ले र गायिका मेलिना राईको आवाज रहेको ‘तातो गोली’ बोलको गीत ट्रेन्डिङमा पर्न सफल भएको छ । गायक महेशकै शब्द तथा संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । यो गीत गायक काफ्लेको यसअघि आएको ‘माया बिरयानी’ बोलको गीतको सिक्वल हो ।

गत शुक्रबार जि २१ डिजिटल च्यानलबाट सार्वजनिक गरिएको यस गीतले हालसम्म १५ लाखभन्दा बढी भ्युज पाइसकेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतको अभिनय छ । त्यस्तै, भिडियोमा गायक काफ्ले र पुष्कर गुरुङ पनि देखिएका छन् । यो गीतको भिडियो युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ । असीम शाहको निर्देशन र लोकेश बज्राचार्यको सम्पादन रहेको गीतको भिडियो छायांकन हरि हुमागाईंले गरेका छन् । गायक काफ्लेका नाच फिरिरी, लज्जावती झार लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया