उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल

काठमाडौं । सरकारले उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्तमा नियुक्त गरेको हो ।

विकास आयुक्त नियुक्तीका लागि सरकारले आह्वान गरेको दरखास्त दिने ८ जना मध्येबाट ३ जनाको नाम सिफारिस भएको थियो । ती मध्ये मन्त्रिपरिषदले ढकाललाई आयुक्त नियुक्त गरेको हो ।

नवनारी मासिक पत्रिकाकी सम्पादक ढकालको घर झापा हो । यसअघि प्राधिकरणका विकास आयुक्त डा। भाइकाजी तिवारीले दुई कार्यकाल काम गरेका थिए । विकास आयुक्तको पदावधि बढीमा ५ वर्षको हुने छ ।

प्रतिक्रिया