पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै तीन हजार ८ सयभन्दा बढिमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार सात सय ७९ जना, लतिपुरमा ६ सय एक जना र भक्तपुरमा पाँच सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनयता काठमाण्डौ उपत्यकालगायत ठूला सहर कोरोना सङ्क्रमणको हटस्पट बन्दै गएको छ । सङ्क्रमणको यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न जिल्लामा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर सात हजार ६ सय ६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने थप ५५ जनाको ज्यान गएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

प्रतिक्रिया