प्रधानको ‘विवशता’

काठमाडौं । गायक एड्रियन प्रधानको आवाज रहेको ‘विवशता’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जय आचार्यको शब्द तथा संगीत रहेको गीतलाई सोमबार सार्वजनिक गरिएको हो । गीत संगीतकार तथा गीतकार सञ्जयकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा प्रेममा असफल प्रेमीको कथालाई चित्रण गरिएको छ । चितवन घर भएका आचार्य केही वर्षदेखि अस्ट्रेलियाको मेलवर्नमा बस्दै आएका छन् । सार्वजनिक गीतको लिरिकल भिडियोलाई अमन महर्जनले निर्देशन गरेका हुन् । प्रसन परियारले एरेन्ज गरेको गीतलाई, प्रज्वलराज प्रधानले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

प्रतिक्रिया