खोजखबर

भोलिबाट त्रिविका सबै परीक्षा स्थगित

सौर्य अनलाइन २०७८ वैशाख १३ गते १६:३२ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले (भोलि) मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए । ‘केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा सुरु भएको छ’, उनले भने, ‘यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन, त्यसैले सबै परीक्षा स्थगन गरेका हौँ ।’

उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताए । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टर अन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो ।

यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय