सिताको मौलिक सालैजो गीत बजारमा

काठमाडौं । लोकदोहोरी गायिका सिता राना मगरको मौलिक सालैजो ‘दिल बस्यो’ गीत बजारमा आएको छ । गायिका राना र गायक खेम सेन्चुरीको उक्त गीतमा आवाज रहेको छ भने गायिका जमुना राना र कालीका रोका मगरले पनि उनिहरुलाई ग्रुप आवाजमा साथ दिएका छन् ।

गायक सेन्चुरीले नै शब्द रचना र संगीत भरेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । पहिले–पहिले गाउँघरमा रोधी बसेर गाउने लोक भाकालाई टपक्कै टिपेर यस नयाँ गीत बजारमा ल्याएको गायिका सिताले बताइन् । साथै, गीतको शब्दमा माया प्रेमका विषयलाई फरक धारमा प्रस्तुत गरिएको गायिका रानाको भनाइ छ ।

गाउँघरमा बग्ने गण्डकी र डाँडाकाँडाको नामसमेत शब्दमा उठान गरिएको छ । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा गाउँघरकै पुरानो पहिरनमा अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा खास अभिनयको रुपमा सुमन थापा मगर र सिर्जना थापा प्रस्तुत भएका छन् भने उनिहरुको साथमा गायिका रानासँगै धेरै कलाकारहरुको मौलिक अभिनय रहेको छ ।

सुमन थापा मगरले निर्देशन गरेको भिडियोलाई बिपिन क्षेत्रीले छायांकन गरेका हुन् । गायिका सिता रानाकै युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । गायिका राना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया