खोजखबर

दिउँसो २ बजे बोलाएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

सौर्य अनलाइन २०७७ चैत ३० गते १३:४० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय