लक्ष्मीको बलात्कार प्रयासपछि हल्ला हुने डरले हत्या गरेको खुलासा

मुगु । मृत अवस्थामा भेटिएकी मुगु जिल्लाको उत्तरी सोरु गाउँपालि— ८ निवासी ९ वर्षीया बालीका लक्ष्मी चौलागाँईको बलात्कारको प्रयासपछि हल्ला हुने डरले हत्या गरिएको खुलेको छ । उक्त घटनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायव उपरिक्षक चित्र बहादुर भट्टराईले लक्ष्मीको बलात्कारको प्रयास गरिएको र बालिका चिच्चाउँदा–कराउदाँ हल्ला हुने डरले हत्या गरेको अनुसन्धानबाट देखिएको बताए ।

हत्यामा संलग्न सोरु गाउँपालिका– ८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकार गरेसँगै पत्रकार सम्मेलनमार्फत प्रहरीले प्रवेशलाई सार्वजानिक गरेको हो । गत शनिबारदेखि हराएकी वर्षीया लक्ष्मी चौलागाँइलाई रावलले जबरजस्ती बलात्कारको गर्न खोज्दा बालिका चिच्चाउने–कराउने गरेको र हल्ला हुने डरले हत्या गरेको प्रवेशले बयानमा बताएका छन् ।

शनिबार तारापानीको घर नजिकै खेलिरहेकी लक्ष्मी चौलागाँई शनिबारदेखि हराएपछि स्थानिय र प्रहरीले खोजतलास गर्दा बालिकाको घर देखि ५ सय मिटर टाढा मुगु कर्णाली नदि घाट नजिकै माछा मार्न गएका स्थानियहरुले बालिकाको लाश मुगु कर्णालीको नदिबीच भागको ढुङ्गामा अड्किएको अवस्थामा तीन दिनपछि सोमबार फेला पारेका थिय ।

लाश फेला पारेको स्थान भन्दा केही मिटर यता भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जना मात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको र उक्त घटनाको शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा प्रवेशले बयानामा हत्या गरेको तर बलत्कार नगरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

उनले बयानमा बलात्कारको प्रयास गरेको स्वीकार गर्दैै लक्ष्मी चिच्चाउने कराउने गर्दा हल्ला हुन्छकी भन्ने डरले बालिकालाई धकेलेर लडाएको र कर्णाली नदिमा फालिदिएको बयानममा बताएका छन् । हत्या गरि कर्णालीमा फालेका र बालिकाको टाउकाको दायाँ पट्टीको भागमा र छातीमा चोट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरिक्षक नरेश विकले बताए ।

प्रहरी निरिक्षक बिकका अनुसार प्रहरीले नियन्त्रणमा लिएको युवाले आफू शनिबार मादक पदार्थ सेवन गरेको, त्यो दिन बालिकालाई बलात्कारको प्रयास गरेपनि आफूले बलात्कार भने नगरेको र बालिका चिच्चाउदाँ कराउदाँ हल्ला हुने डरले हत्या गरेको ति युवाले प्रहरीलाई बयान दिएको बताइएको छ । थप अनुसन्धानका लागि उनलाई १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको पोष्टमार्टम भईसकेको र भेजाइनल स्वाब र भिसेरा संकलन गरी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । त्यसको रिर्पोट आएपछि मात्र बालिकाको बलात्कार भएको हो वा होईन, बालिकाको लाश कसरी मुगु कर्णाली नदीमा फेला परेको तथा बालिकाको हत्या वा अरु कारण के हो भन्नेबारे पछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले बताए ।

मृत अवस्थामा फेला परेकी बालिका लक्ष्मी चौलागाँई श्री ग्रिलाह बालज्योति प्रथामिक विद्यालयमा कक्षा २ मा पढ्दै गरेकी र बिद्यालयकै अनुसाशन र जेहेन्दार विद्यार्थी भएको बताइएको छ ।

प्रतिक्रिया