डिशहोमको खुसीको उडान योजना

काठमाडौ । डिशहोमले नेपालीरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुसीको उडान’ योजना सुरु गरेको छ । सक्रिय ग्राहकलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीले जनाएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।

योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन । लक्की ड्रमा सहभागिता जनाउन ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलर मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै इ–वालेट एप्स र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ । लक्की ड्रको विजेताको घोषणा ग्राहकको सेटअप बक्समा भएको क्यास आईडीको आधारमा गरिने छ ।

लक्की ड्रको सुरुवात २६ चैत २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने छ । सक्रिय ग्राहकले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया