रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा

काठमाडौ । मुक्तिनाथ विकास बैंकले क्यूआर सेवा अटो रिक्सामापनि सूरु गरेको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्सामा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न सकिने भएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैकले जनाएको छ । यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानीगर्न सक्नेछन । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकले अटो रिक्साका चालकलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया