कास्कीमा पनि एमालेको समानान्तर कमिटी

कास्की । नेकपा एमालेको खनाल–नेपाल समूहले कास्कीमा नेकपा एमालेको समानान्तर कमिटी घोषणा गरेको छ । उक्त समूहले बिहीबार कास्कीमा ७५ सदस्यीय समिति समानान्तर कमिटी गठन गरेको हो ।

पोखराको न्युरोडमा आयोजित कार्यकर्ता भेलामा उनले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेका हुन् । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् ।

प्रतिक्रिया