प्रवीण र अनिशालाई उपाधि

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रवीण चापागाई र अनिशा शाक्यले हात पारेका छन् । होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रवीण पुरुष र अनिशा महिलातर्फको शीर्ष बिजेता घोषित भएका हुन् । प्रतियोगिताको यो सिजनमा ३४ युवा एवं ३२ युवतीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको पुरुषतर्फ फस्ट रनरअप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिलातर्फ श्रीयशी श्रेष्ठ फस्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप बने । प्रतिस्पर्धीले आइसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनमा सजिएर ¥याम्प सो गर्दै सीप र कला प्रस्तुत गरेका थिए ।

ग्लोबल आइएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाइं र राजश्री कार्की वेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेस्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बने ।

यसैगरी, विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने बेस्ट फिजिक र अदिति मानन्धर बेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

आइसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।

करिब पाँच साताको विभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धा उतारिएको थियो । प्रतियोगिताका बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने जनाइएको छ । यसका साथै कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन विक लगायतका फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया