खोजखबर

आज १६२ जनामा कोरोना संक्रमण, ५९ जना डिस्चार्ज

सौर्य अनलाइन २०७७ चैत १८ गते १७:४७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय संक्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । आज कुनै पनि संक्रमितको निधन भएको छैन ।

यस्तै, आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरी ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय