बाग्मती प्रदेशको अनुसन्धानमा खटिने प्रहरीहरुको एउटै पोशाक

हेटौँडा । बाग्मती प्रदेश भरिका अनुसन्धानमा खटिने सबै प्रहरीहरुले एउटै पोशाक लगाउने भएका छन् । विभिन्न घटनाहरुको अनुसन्धानमा खटिने प्रहरीहरुको अब एउटै पोशाक हुने बाग्मती प्रहरी प्रदेश कार्यालयका र प्रहरी नायब महानिरक्षकको सतिवालयले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक प्रहरी प्रवक्ता मीरा चौधरीका अनुसार हाल सादा पोशाकमा रहेर अपराध अनुसन्धानसंग सम्बन्धीत विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई निश्चित पोशाक र पहिचानसहित खटाउने बाग्मती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाईएको हो ।

उनले बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखीत पोशाक प्रयोग गर्ने छन् । अपराध अनुसन्धान समुह र सम्बन्धीत प्रहरी कार्यालयको नाम उल्लेख गरीएको फ्लोरोसेन्ट ज्याकेट र टोपी सामबारबाटै प्रयोगमा ल्याईएको प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।

बाग्मती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरी कार्यालय दश र ईलाका प्रहरी कार्यालय ११ गरी २१ वटा प्रहरी कार्यालयमा अपराध अनुसन्धान समूहमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले घटनास्थलको अनुसन्धानको लागि खटिँदा उक्त पोशाक प्रयोग गर्ने छन् ।

अनुसन्धान अधिकृत, सोको अधिकृत, सोको सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरुको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले यस बाग्मती प्रदेशभर घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखीत पोशाक प्रयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया