सर्वसाधारणसँगै लाइनमा अर्थमन्त्री पौडेल

काठमाडौ‌ । अर्थमन्त्री विष्णु पौडेल स्वास्थ्य जाँचका लागि आइतबार विहान अस्पताल पुगेका थिए । अस्पताल पुगेका मन्त्री पौडेल त्यसक्रममा उपचारका लागि अस्पताल पुगेका अन्य बिरामी र उनीहरुका आफन्तसँगै लाइनमा बसेका थिए । मन्त्री पौडेल थाइराइड परीक्षणका लागि अल्का अस्पताल पुगेका थिए ।

रिपोर्ट लिएर चिकित्सकसँग भेट्न उनी सार्वसाधारणसँगै पालो कुरिरहेका थिए । पालो पर्खिरहेका उनलाई चिन्नेहरुले तस्वीर खिचे । नेपाली नेताहरु स्वास्थ्यमा सामान्य समस्या देखिँदा विदेशी अस्पतालमा जाने गरेको भन्दै आलोचना भइरहँदा उनी अस्पतालमा सर्वसाधरणसँगै लाइनमा भेटिएका हुन् ।

प्रतिक्रिया