कोभिड पोजेटिभ देखिएका एक पुरुषको मृत्यु

प्यूठान । कोभिड–१९ पोजेटिभ देखिएका एक पुरुषको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । सोमबार स्वर्गद्वारी नगरपालिका – ९ का ४२ बर्षीय एक पुरुषको उपचारको क्रममा विहान मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुने पुरुष भारतबाट आएका हुन् उनी घरमै होम क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यमा समस्या आएछि उपचारका लागि आफन्तले बुटवल लगेका थियो । जिल्लामा कोभिड(१९ पोजेटिभ देखिएका मध्ये हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्याङ्क छ । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया