बारागढीमा होली मिलन कार्यक्रम सम्पन्न

बारा । फागु पूर्णिमाको अवसरमा बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा स्थानिय जन प्रतिनिधि र कर्मचारी बिच होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो होली मिलन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी वडा नं २ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरी ३ का वडा अध्यक्ष छठु राउत अहिर ४ का वडा अध्यक्ष रामकृपाल चौधरी ५ का वडा अध्यक्ष मनेजर चौधरी, गाउँकार्यपालिका सदस्यहरू लगायत गाउँपालिकामा कार्यरत विभिन्न शाखाको प्रमुखहरू,स्थानिय बुद्धजीवी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक ऒमप्रकाश चौधरीको रहेको थियो ।

प्रतिक्रिया