आशा भोसलेलाई ‘महाराष्ट्र भूषण अवार्ड’

मुम्बई । भारतीय गायिका आशा भोसलेलाई महाराष्ट्र सरकारले महाराष्ट्रको सर्वोच्च पुरस्कार ‘महाराष्ट्र भूषण’ अवार्डबाट सम्मान गर्ने भएको छ । भोसलेले ट्विटरमार्फत आफू महाराष्ट्र भूषण अवार्डबाट सम्मानित हुन लागको कुरा जानकारी दिएकी हुन् । महाराष्ट्रका मुख्यमंत्री उद्धव ठाकरेको नेतृत्वमा रहेको समितिले २०२० को पुरस्कार भोसलेलाई दिने निर्णय गरेको हो।

सन् १९४४ मा मराठी फिल्ममा गीत गाएर सांगीतिक करियर सुरु गरेकी भोसलेले धेरै भाषाहरूमा गीतहरू गाइसकेकी छिन्। उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेकी छिन्। यसबाहेक ६ पटक फिल्म फेयर अवार्ड पनि हात पारिसकेकी छिन्।

भोसलेले नेपाली फिल्मका मात्रै पाँच दर्जन बढी गीत गाएकी छन् । उनले गाएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, गैर्‍हीखेतको शसरै हान्यो’, ‘एउटा मान्छे मनपर्छ’, ‘म प्यार बेचिदिन्छु’ देखि ‘मोहनी लाग्ला है’ गीत सदावहार छन् ।

प्रतिक्रिया