आर्थिक अभावकै कारण विद्यालय जाँदैनन् बालबालिका

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका– २ का नविन कुमाल १६ वर्षका भए । आर्थिक समस्याका कारण पैसा कमाउने कामतिर लाग्छन् । कक्षा ८ मा पढ्ने कुमालको पढाई भने दिन प्रतिदिन बिग्रिदै गएको छ । सरकारी तथा गैर सकारी संस्थाहरुले रोजगारको वातावरण सर्जना गरेको भए कुमाल पढाई छोडेर कामतिर लाग्ने थिएनन् । घरपरिवारलाई रोजगार नहुँदा कुमाल आफै पैसा कमाउने गर्छन् ।

पढाई छोडेर काम गर्नु कुमालको रहर हैन बाध्यता हो । यस्तै रास्कोट नगरपालिका–२ की मञ्जु लुहार पनि कक्षा १० मा पढ्छिन् । १५ वर्षकी मञ्जु घरपरिवारमा आइपर्ने आर्थिक समस्या टार्न घरपरिवारलाई काममा सघाउँछिन् । उनले घरमा काम गर्छिन् र घरपरिवारका सदस्यहरु खेतबारीमा काम गर्ने, कतै रोजगारका काम पाए तेतैतिर ज्याला मजदुरी गरेर बालबालिकाको पढाईलाई निरन्तरता दिन खोजे पनि पढाईको काम भने राम्रो देखिन्न ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका की नविता धामी पंचदेवल माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् । गरिब तथा विपन्न घरपरिवारकी नविताको राम्रो विद्यालयमा पढ्ने रहर भए पनि बाध्यताले उनी पढ्न पाउँदिनन् । घरको कामकाजका कारण विद्यालयमा कहिले जाने, कहिले नजाने गर्छिन् ।

उनी मात्रै हैन उनीसँगै अध्ययन गर्ने कतिपय साथीहरु घरको कामको चापले गर्दा पढाईमा बाधा आएको उनको भनाइ छ । जिल्लाको नरहरीनाथ गाउँपालिका– ३ का पाण्डब बुढा र रमिता बुढा एउटै विद्यालयमा अध्ययनरत छन् । उनिहरुको पढाईमा पनि ठूलो समस्या देखिएको छ । दुर्गम तथा पिछडिएका क्षेत्रमा बसोवास गरेर उच्च शिक्षा हासि गर्न चाहाने विद्यार्थिहरुलाई आर्थिक अभाव नै प्रमुख कारण बनेको छ । कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये कालिकोट जिल्ला पनि दुर्गम नै पर्छ ।

जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिका भित्र रहेका अधिकांश बालवालिकाहरु आर्थिक अभाव भित्रिएपछि पढाई छोड्न वाध्य भएका छन् । सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न अभियान संचालन गरे पनि उपलब्धी भने शून्य नै देखिन्छ ।

‘प्लान इन्टरनेशनल नेपालको सहयोगमा विद्यालय जादै विद्यार्थि’

मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरण, सम्वन्धित स्थानीय तहको समन्वय तथा प्लान इन्टरनेशनल नेपाललको सहयोगमा विभिन्न किसीमका कार्यक्रहरुको माध्ययबाट बालबालिकालाई विद्यालय जान तथा विभिन्न किसिमका हानिकार अभ्यास न्युनिकरण गर्न सहयोग गरिरहेका छन् ।

जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई विद्यालयमा जान उत्प्रेरित गर्दै प्लान इन्टरनेशनल नेपालले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गदै आएको छ । प्लान इन्टरनेशनल नेपालले ३ वटा स्थानीय तहमा बालविवाह न्युनिकरण गर्न परिवर्तनका संवाहक कक्षा सञ्चालन गरी समाजमा हुने परम्परागत हानिकारक अभ्यास अन्त्यका लागि महत्वपूर्ण भूमिका निभाइरहेको छ ।

प्लान इन्टरनेशनल नेपाल कालिकोटका कार्यक्रम संयोजक शिवशंकर न्यौपानेले विद्यालयमा भर्ना नभएका गरिब तथा विपन्न घरपरिवारका विद्यार्थीहरुलाई आवश्यक सामाग्री सहयोग गरि विद्यालयमा जान सहयोग गर्ने र धामी झाँक्री लगाएत समाजका अगुवाहरुलाई पनि विभिन्न किसिमका सुझाव सल्लाह तथा परामर्श दिएर बालवालिकाको उज्वल भविष्यका लागि कक्षा संचालन गरेको बताए ।

रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा आर्थिक अभाव नहोस् भन्नका लागि ३ वटा सहकारी सञ्चालनमा आएका छन् । बालबालिकालाई निरन्तर विद्यालयमा पठाउनका लागि सम्वन्धित स्थानीय तहमा पारदर्शी भूमिका खेली बालवालिका र समाजमा हुने विभिन्न किसिमका हिंसा अन्त्यका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको पनि कार्यक्रम संयोजक शिवशंकर न्यौपानेले बताए ।

कोरोना महामारीको असर

महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का कारण कालिकोटका विद्यालयमा पढाइको समस्या देखिएको छ । विद्यालय शैक्षिक क्षेत्र भने दिन प्रतिदिन फितलो देखिएको छ । कोरोना संक्रमणले गर्दा जिल्लाको शैक्षिक सत्रमा नै ठूलो चुनौती उत्पन्न भयो । शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेश देवकोटाले कोरोनका कारणले विद्यालय बन्द हुँदा नेपाल भरी बलात्कार तथा दुब्र्यवहारका घटनामा पनि बृद्धी आएको बताए ।

प्रमुख देवकोटाले शिक्षाको क्षेत्रमा ४५ मिनेटको विषय छुट्दा त शैक्षिक क्षेत्रमा ठूलो असर परेको समिक्षा हुने गरेको स्मरण गर्दै पछिल्लो समय लकडाउन तथा वन्दावन्दीले शैक्षिक सत्रको उपलब्धी एक वर्ष पछि परेको बताए । बालबालिकाको स्तरबृद्धि र भविष्यमा आइपर्ने आर्थिक संकट टार्नको लागि जिल्लाको रास्कोट नगरपालिकामा बडिमालिका महिला बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले बताए ।

शाहीका अनुसार सान्नीत्रिवेणी गाउँपालिकामा लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्था र नरहरीनाथ गाउँपालिकामा सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याएको छ् । कालिकोटका ९ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको अवस्था भने नाजुक नै छ । आर्थिक अभावका कारण सरकारी विद्यालयमा पढ्न समेत हम्यहम्य छ ।

राजनैतिक दलका नेता, जनप्रतिनिधी र हुने खानेहरुका बालवालिकाहरु महंगा बोर्डिङमा पढ्छन । तर, आर्थिक समस्या हुँदा गरिब विपन्नको दुखमा मलम लगाउन सक्ने कुनैपनि सरकार छैनन् । प्लान इन्टरनेशनल नेपालले विद्यालय स्तरमा बालवालिकाको समस्या बुझेर सहयोग गर्दा अभिभावकहरुमा आशा पलाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया