मुग्लिन-नारायणगढ सडकखण्ड ट्रक र कार एक आपसमा ठोक्किँदा २ को मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको दासढुङ्गामा आज साँझ ट्रक र कार एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएको छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेहरुमा तनँहुको स्याम्घा नगरपालिका-४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्कीको लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेल रहेका छन्। त्यस्तै, घाइतेहरु कार चालक लम्जुङको मध्यनेपाल नगरपालिका-७ बस्ने वर्ष ४२ का पदम सापकोटा र स्याङ्जाको बिरुवा गाउँपालिका-३ बस्ने वर्ष ४२ का प्रसाद थापाको अवस्था गम्भीर रहेको छ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरित दिशाबाट आई रहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार ५ जना घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजादै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको र २ जना को अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहको छ भने दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया