पिटविरुद्ध एन्जेलिनाको मुद्दा

न्युयोर्क । हलिउड अभिनेता ब्राड पिटविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरिएको छ । दुई वर्षअघि अलग भइसकेका अभिनेत्री एञ्जेलिना जोलीले ब्राडविरुद्ध मुद्दा दायर गरेकी हुन् । घरेलु हिंसासम्बन्धी आरोप पुष्टि गर्न उनीहरुका छोराछोरीले नै साक्षीको बयान दिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यी दुईको सन् २००४ मा मिस्टर एण्ड मिसेस स्मिथ चलचित्रको छायांकनक्रममा भेट भएको थियो । झण्डै १० वर्षको लामो प्रेमसम्बन्धपछि सन् २०१४ मा यो जोडीले बिहे गरेका थिए । बिहे भएको दुई वर्ष नबित्दै उनीरुबीच मनमुटाव सुरु भयो । जसले अहिले उग्र रुप लिएको छ । अहिलेसम्म पनि यी दुई कानूनी लडाँइ लडिरहेका छन् ।

एन्जेलिना र ब्राडका ६ जना छोराछोरी छन् । जेठो छोरा १९ वर्षीय म्याडोक्स, त्यो पछिकी १७ वर्षीय छोरी प्याक्स, १६ वर्षका छोरा शिलो र १२ वर्षका जुम्ल्याहा नक्स र भिभिन्नी । अहिले यी सबै घरेलुहिंसा भएको हो वा हैन भनेर बोल्न सक्ने भएका छन् । त्यसैले यी ६ जना छोराछोरीको बयानमा अदालतले फैसला गर्नेछ ।

प्रतिक्रिया