ललितपुर मेयर महिला क्रिकेट : उद्घाटन खेलमा एपीएफ र प्रदेश १ भिड्ने

काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेल नेपाल एपिएफ क्लब र प्रदेश १ बीच हुने भएको छ । चैत २१ गते सुरु हुने च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गर्दा पहिलो दिन अर्को खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर ११ बीच पनि हुनेछ ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गर्ने च्याम्पियनसिपमा ५ टोलीको सहभागिता रहनेछ । टियू क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २२ गते एपिएफ र सुदूरपश्चिम प्रदेश तथा ललितपुर मेयर ११ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
चैत २३ मा एक मात्र खेल लुम्बिनी र प्रदेश १ बीच हुनेछ । चैत २४ गते ललिपतुर मेयर ११ र एपिएफ तथा प्रदेश १ र सुदूरपश्चिम बीच हुनेछ । चैत २५ मा हुने खेल मात्र खेलमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनको अन्तिम दिन चैत २६ गते पहिलो खेल ललितपुर मेयर ११ र प्रदेश १ तथा लुम्बिनी र एपिएफबीच हुने क्यानले जनाएको छ । शीर्ष २ टोलीले चैत २८ गते फाइनल खेल्नेछन् ।

विजेताले उपाधिसहित ३ लाख, दोस्रो टोलीले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द म्याच’ ले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २१ देखि २८ गते सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया