भोलि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । भोलि (मंगलबार) नेपाल कम्युनष्टि पार्टी (माओवादी केन्द्र) स्थायी कमिटी बैठक बस्ने भएको छ ।

वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ । उक्त बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने बताइएको छ ।

बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ भने सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन ।

प्रतिक्रिया