कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन तयारीबारे छलफल हुने

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक राखिएको छ ।

कांग्रेस पदाधिकारी बैठक मुख्यतः पार्टीको १४औं महाधिवेशनको एजेण्डामा केन्द्रित हुने एक सदस्यले जानकारी दिए । आगामी वर्षको भदौमा कांग्रेसले महाधिवेशनको तयारी गरेको छ । बैठकमा सरकार गठन लगायत समसामयिक विषयमा छलफल हुने स्रोतले बतायो ।

प्रतिक्रिया