भोलि दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । भोलि दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीको रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले जनाएको छ । उक्त बैठक भोलि दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने महामन्त्री शंशाक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

सो बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीहरुको सहभागीता रहने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्र र जसपाले कांग्रेसलाई दबाब दिइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

यसै सन्दर्भमा आज (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टै बैठक बसेको थियो । पौडेल निवास बोहोराटारमा सो पक्षको छलफल भएपछि सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रतिक्रिया