कोरोना संक्रमण बढ्दै गएको भन्दै सभा-जुलुस नगर्न आग्रह

काठमाडौं । छिमेकी मुलुकमा कोरोनाको संक्रमणदर बढ्दै गएको भन्दै सरकारले सभा जुलुस नगर्न आग्रह गरेको छ । आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो आग्रह गरेको हो ।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार,भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया