एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक आज : खनाल–नेपालद्धारा बहिस्कार

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि संसदीय दल र त्यसपछि केन्द्रीय समिति बैठक डाकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आयोजना गरिएको छ । बिहान १० बजे संसदीय दलको बैठक बसेर त्यसपछि केन्द्रीय समितिको बैठक गर्ने ओलीको तयारी छ । बैकका लागि पार्टीका सबै केन्द्रीय समिति सदस्यहरुलाई बोलाइएको छ । तर, हिजो आफ्नो समूहको स्थायी समितिको बैठक गरेको खनाल-नेपाल समूहले भने बालुवाटारमा बस्ने बैठक बहिस्कार गर्ने बताइसकेको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्वको गरेको उक्त समूह ओलीले बालुवाटारमा राखेको कुनैपनि बैठकमा सहभागी नहुने पक्षमा रहेको छ । उनीहरुले बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्नुपर्ने बताउँदै आएका छन् । तर, खनाल–नेपाल समूहले बहिष्कारको निर्णय गरेको दुवै बैठकमा पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुने भएका छन् । गौतम केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी हुने भएका हुन् ।

प्रतिक्रिया