खोजखबर

ट्याक्टरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

सौर्य अनलाइन २०७७ चैत ६ गते १४:०२ मा प्रकाशित

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ११ः५ बजे मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्याक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान आज १०ः४० बजे भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय