दश हजार लिटरको एस.एस.ट्याकी बजारमा

काठमाडौ । पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याकी उद्योग सञ्चालनमा ल्याएको छ । बिहीबार विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरेका हुन । उद्योगले भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याकीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको छ । नेपाल मै पहिलो पटक १० हजार लिटरको एस. एस. ट्याकी यस उद्योगबाट उत्पादन हुने कम्पनीले जनाएको छ ।

उद्योगले २ य ५० देखि १० हजार लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याकी उत्पादन गर्ने छ । उद्योगले वार्षिक ८० हजार वटा ३ सय ४ तथा ३ सय १६ ग्रेडका एस. एस. ट्याकी उत्पादन गर्नेछ । हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको जानकारी समूहका उप–महाप्रबन्धक देवेन्द्र साहले गराएको पनि विज्ञप्तिमा उल्ल्ेख छ ।

प्रतिक्रिया