कर्णालीमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री भएकालाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

समर्थन फिर्ता लिएको निर्णय साढे ३ बजे प्रदेश प्रमुखलाई जानकारी दिने उनले बताए ।सरकारको तीन वर्षे कार्यकाल निराशाजनक भएको, जनअपेक्षाअनुसार काम नगरेको र गर्न नसकेको कारण समर्थन फिर्ता लिने निर्णय लिएको उनले बताए ।

यो निर्णयसँगै कर्णाली प्रदेश सरकार धरापमा परेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

प्रतिक्रिया