काठमाडौंको बल्खुमा बोराभित्र महिलाको शव भेटियो

सांकेतिक तस्विर

काठमाडौं । बल्खुमा एक महिलाको हत्या भएको छ। सोमबार साँझ सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको हो। शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा सन्तोषीका श्रीमान सन्तोष सापकोटा भने बेपत्ता भइसकेकाले हत्यामा उनको संलग्न रहेको प्रहरीले आशंका गरेको छ। सन्तोष र सन्तोषीबीच पारिवारिक विषयमा झगडा भइरने गरेको र सोही कारण हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ।

श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन्। आफ्नै कोठामा सन्तोषीको हत्या टाउकोमा ह्याम्मरले हानेर भएको प्रहरीले जनाएको छ।

त्यसपछि बोरामा शव प्याक गरेर घर नजिकै फालिएको अवस्थामा शव फेला परेको हो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। प्रहरीले आशंका गरेका सन्तोषीका श्रीमानको खोजी भइरहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया