स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित हासिल गरेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कालाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनाका लागि एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले एक एक गोल गरे। हुएस्काका लागि राफा मिरले एक गोल फर्काए।

खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

खेलको ५३औं मिनेटमा ओस्कार मिनगुइजाले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई ३–१ को अवस्थामा ल्याए। ९०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–१ जित दिलाए।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दूरी छोट्याउँदै दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाको २७ खेलबाट ५९ अंक छ। तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले पछि छ।

प्रतिक्रिया