‘अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्छु’

दैलेख । जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा हुने अनियमितता, घुसखोरी र विचौलिया धन्दा रोक्ने बताएका छन् । अघिल्लो साता मात्रै प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लामा हुने गरेको अनियमिततालाई निमिट्यान्न पार्न सक्दो प्रयास गर्ने बताएका हुन् । आइतबार पत्रकारहरूसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लामा पछिल्लो समयमा विभिन्न किसिमका अनियमितता मौलाउँदै गएको जनगुनासो बढिरहेको बताउँदै त्यस बारेमा आपूmले विशेष निगरानी राख्ने बताए । उनले जिल्ला सदरमुकाममा खानेपानीको विषयमा महँगो महसुल तिर्न बाध्य नारायण नगरपालिकावासीहरूलाई महसुल कम गराउन साहारे खानेपानी आयोजना र नारायण नगरपालिकासँग सहकार्य गर्ने बताए ।

जिल्ला सदरमुकाम दैलेख बजार हुँदै मध्यपहाडी राजमार्ग जोडिएको बताउँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा सबै निकायहरूले सकारात्मक योगदान गरिरहेको औल्याउँदै त्यसले आपूmले थप कामहरू गर्न सहज हुने बताए । सुर्खेत–दैलेख–कालिकोट सडक खण्डमा अझै पुलहरू निर्माणाधीन भएकाले पुल निर्माणका कामहरू फास्ट–ट्रयाकको माध्यमबाट सामाधान गर्ने बताए । उनले दैलेखका कतिपय सरकारी कार्यालयमा दक्ष जनशक्तिको अभाव रहेकोले पत्रकारहरूलाई जिल्लामा दक्ष डाक्टर नहुँदा जिल्लावासी नागरिकहरू महँगो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता बारेमा कलम चलाइदिन अनुरोधसमेत गरे ।

प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बजार अनुगमनको लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर काम अगाडि बढाउने, दैलेखमा बसपार्क भए पनि यातायातका साधनहरू बसपार्कमा नभई यत्रतत्र छरिएर रहने भएकाले यसको व्यवस्थापन गर्न, प्रत्येक स्थानीय तहमा भए गरेका काम कारबाहीको बारेमा एकपटक कार्ययोजना बनाएर अभियानकै रूपमा जाने र स्थानीय तहको वास्तविक वस्तुस्थिति ल्याउने प्रयासमा आपूm रहेको बताए । उनले कर्मचारीहरूकोे विषयमा आमनागरिकको धेरै मौखिक उजुरी र गुनासाहरू आएको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नागरिकहरूलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने बताए । उनले जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका सरकारी सवारी साधन दुरुपयोग रोक्ने बताए ।

सोही अवसरमा पत्रकारहरूले जिल्लामा भएका र हुने गरेका गतिविधि बारेमा कुरा राख्दै मध्यपहाडी राजमार्ग निर्माण, विद्युत्मा भएको अनियमित, कर्मचारीको आचरण, स्थानीय तहका भएका काम कारबाही, विकास निर्माणका काममा विशेष ध्यान पु¥याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया