अस्मित र आँचललाई उपाधि

काठमाडौं । दोस्रो संस्करणको ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि अस्मित गुप्ताले र आँचल रौनियारले हात पारेका छन् । एमी इन्टरटेनमेन्ट प्रालिद्वारा जमलस्थित नाचघरमा आयोजित प्रतियोगितामा आँचलले पब्लिक च्वाइस अवार्ड र अस्मितले मिस्टर ट्यालेन्टको उपाधिसमेत जिते । काठमाडौं, विराटनगर लगायतका विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवतीबीच भएको प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल बिपना थापा, रौनियार सेवा समाज विराटनगरका अध्यक्ष रामनरेश शाह, उडड्यन प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाइनर सरगम श्रेष्ठ रहेका थिए ।

प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाइसको आवर्ड सर्वजित रौनियार, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हात पारे । भ्युअर्स र पब्लिक च्वाइसको अवार्ड श्याम रौनियार, बेस्ट वाकको अवार्ड अंकित रौनियो, म्यानेजमेन्ट च्वाइस अवार्ड अजयप्रसाद गुप्ताले हासिल गरे । विराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने ।

प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ता, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्सको उपाधि ज्योती रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडौंबाट खुस्बु रौनियार तथा विराटनगरबाट रुची रौनियारले हासिल गरे । अन्य उपाधितर्फ म्यानेजमेन्ट च्वाइस अवार्ड नन्दिनी कुमारी गुप्ता, मिस फोटोजेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालुकुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार र बेष्ट पर्सनालिटीको अवार्ड प्रीति रौनियारले प्राप्त गरे ।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्तुतिका लागि आफूहरुले प्रतियोगिता तीन वर्षदेखि आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्य र विराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

प्रतिक्रिया