कच्चा तेलको मुल्य अकासियो

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ६९ दशलमव २२ डलर पुगेको हो । १५ दिन अगाडि कच्चा तेलको मुल्य ६२ दशलमव ४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको छ । केही समयदेखी चीनले ठुलो परिमाणमा तेल खरिद गरिरहेको छ । जस्को कारण अन्तराष्ट्रिय बजारमा मुल्य बढेको हुन सक्ने आकलन गरिएको छ । कच्चा तेलको मुल्य बढेपछि भारतीय आल कर्पोरेशनले नेपाल पठाउने तेलको मुल्य बृद्धि गर्ने देखिएको छ । जस्को कारण नेपाली बजारमा पुनः मुल्य बढन सक्ने आकलन गरिएको छ ।

यो भन्दा अघि नेपाल आयल निगमले पछिल्लोपटक १७ फागुनमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो । स्वचालित मुल्य प्रणाली अनुसार १५÷१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्न सक्ने संभावना रहेको निगमका एक उच्च अधिकारीले बताएका छन । अघिल्लोपटक मूल्य निर्धारण गर्दा आयल निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ रुपैयाँ ८३ पैसा नोक्सान रहेको थियो । यो नोक्सानका कारण निगम १५ दिनमा १ अर्ब ३२ करोड नोक्सानमा जाने प्रक्षेपण गरिएको थियो । यद्यपि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दा १५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ भन्दा बढी मूल्य बढाउन नमिल्ने प्रावधान रहेको पनि निगमले बताएको छ ।

पछिल्लो समय सरकारदेखि नेपाल आयल निगमसम्मले एकैचोटी ठूलो मूल्यवृद्धि हुनसक्ने संकेत गरिसकेका छन् । अघिल्लो साता आयल निगमको कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले मूल्य बढाएरै भए पनि निगम घाटामा जान नहुने भन्दै उच्च मूल्यवृद्धि गर्न निगम सञ्चालक समितिलाई अनुमति दिने संकेत गरेका थिए । उता निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको कुनै पनि भूमिका नरहने भन्दै निगम घाटामा जान नहुने बताउनुले पनि मुल्य बढन सक्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य बढाउनुपर्ने भन्दै घाटा धान्नसक्ने अवस्था नभएको भन्दै सम्बन्धित निकायले भन्नु पनि यसैको संकेत हुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया