कैलालीमा पनि नेकपा नामको बोर्ड हटाइयो, एमालेको बोर्ड राखियो

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, जिल्ला ईञ्चार्ज दिपक प्रसाद देवकोटा, अध्यक्ष रतन थापा सहितका युवाहरुको उपस्थितिमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हो ।

एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालयलाई नेकपाको जिल्ला कार्यालय बनाईएको थियो । सर्वोच्चको फैसला पछि, यसअघि एमालेकै कार्यालय रहेको उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड टाँसिएको हो ।नेकपा एमालेको बोर्ड लगाउने क्रममा, यसअघि प्रचण्ड नेपाल पक्षमा देखिएका साविकका एमालेका युवाहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया