धुम्बाराहीमा एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा लगाइएका बोर्ड हटाउन थालिएको छ । नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा मंगलबार नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो । सोमबारबाटै विभिन्न जिल्लाहरुमा नेकपाका बोर्ड हटेका छन् ।

प्रतिक्रिया