महिला दिवसमा देउडा (फोटो फिचर )

मुगु । महिलाको सुरक्षा, समान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आईतबार नेपाल लगायत बिश्वभर बिभिन्न कार्यक्रम गरी १११ औ अन्तराष्ट्रिय महिला दिवस मनाइयो । हिमाली जिल्ला मुगुमा १११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देउडा खेल लगायत अन्य कार्यक्रम गरी मनाईएको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा र जिल्ला समन्वय समिति मुगुको समन्वय तथा जिल्लामा रहेका सम्पुर्ण गैर सरकारी संस्थाको सहयोगमा १११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देउडा खेल लगायत अन्य कार्यक्रम गरी मनाईएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

महिला दिवसमा १४ वडाका महिला सहभागी भएका थिय । महिला दिबसको अबसरमा भएको देउडा खेलमा महिलाले महिलाको हक अधिकार र बिशेष गरी निर्मला पन्तको न्याय सरकारले दिलाउन नसकेको देउडाका भाका मार्फत सरकारको ध्यानआर्कषण गराईएकी थिईन । यसै बीच दिबसको अवसरमा नगरपालिकाकाले स्नातोकत्तर गरेका ६ जना महिला एक जना सफल उधमी र एकजना स्रष्टा लाई सम्मान गरी नगद र प्रमाण प्रत्र प्रदान गरेको छ ।

तस्विर : नन्द बहादुर रोकाया

 

प्रतिक्रिया