मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

काठमाडौ । मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित होटल सबरीना सँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । सो सम्झौता पश्चात बैकको भिषा डेविट कार्डवाहक ग्राहकले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशत सम्म छुट प्राप्तगर्न सक्नेछन ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएम बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया