‘मलाई पस्न नदिए पनि पानीलाई पस्न दिनु’

सिन्धुली । प्रधानमन्त्री केपि शर्मा ओलीले आफूलाई तराईमा पस्न नदिए पनि पानी पस्न दिन आग्रह गरेका गरेका छन् । बिहीबार सुनकोसी–मरिण ड्राइभर्सन बहुउद्देश्य आयोजनाको निमार्णस्थल कमलामाई नगरपालिका–२ कुसुमटारमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफूलाई पस्न नदिए पनि पानी पसाइदिएर खेतमा सिँचाइ गरिदिने बताए ।

उनले भने, ‘म मुख्यमन्त्रीमार्फत खबर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिए पनि पानी पस्न नछेक्नुहोला’, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउततर्फ हेर्दै प्रधानमन्त्रीले भने । उनले अब तराईका जमिन रमिलोपनमा परिणत हुने बताए । सुनकोसी मरिण ड्राइभर्सन बहुउद्देश्य आयोजनाले पहाड र तराईको सम्बन्ध जाड्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सिन्धुलीको कलाघरका कलाकारलाई १ लाख ५० हजार नगद सहयोग गरे । कलाकारिताको प्रोत्साहनका लागि सहयोग गरेको उनले बताए । १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ गर्ने उद्देश्य रहेको छ ।

उक्त आयोजनाका लागि सुनकोसीबाट मरिणसम्म १३ किलोमिटरको सुरुङ निर्माण गरिनेछ । तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा सात सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिणमा खसालिने जनाइएको छ । मरिणको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन सकिनेछ । मरिणमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । मरिणमा पानी खसाल्दा विद्युत् गृह पनि बनाएर ३३ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

प्रतिक्रिया