टोपबहादुर रायमाझीको दाबी ‘ओली विकास र समृद्धिका नायक हुन्’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली विकास र समृद्धिको नायक भएको दाबी गरेका छन् । सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहलाई बिहीवार सिन्धुलीमा सम्बोधन गर्दै रायमाझीले यस्तो दाबी गरेका हुन् ।

‘कतिपयले तपाईंहरूले केपी शर्मा ओलीलाई किन समर्थन गर्नुभयो भनेर भन्नुहुन्छ,’ ओलीलाई समर्थन गर्नको कारण खुलाउँदै रायमाझीले भने, ‘उहाँ विकास र समृद्धिको नायक हो । ज्यादै प्रतिकूल अवस्थामा, छोटो अवधिमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढिहरनुभएको छ ।’

पूर्व माओवादी खेमाका नेता रायमाझी प्रतिनिधि सभा विघटनपछि ओली पक्षमा लागेका थिए । यद्यपि अहिले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरिसकेको छ ।

प्रतिक्रिया