प्रकाश र आभाको रोमान्स

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको आवाज रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा शिव हमालको लय तथा शब्द रहेको छ । गीतमा अर्जुन थापाको एरेन्ज रहेको छ । गीतको भिडियोमा गायक तथा मोडेल प्रकाश सपुत र आभा थापाले रोमान्स गरेका छन् । अमोन रानाको नृत्य, सुशील डाँगीको छायांकन रहेको भिडियोको निर्देशन अर्जुन थापाले गरेका हुन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिँदै गीतले दर्शक र स्रोताको माया पाउने विश्वास लिएको बताए ।

प्रतिक्रिया