आगलागीमा जलेर एक वृद्धको मृत्यु

प्युठान । प्युठानको एक घरमा आगलागी हुँदा जलेर एक वृद्धको मृत्यु भएको छ । आज बिहान ऐरावती गाउँपलिका– १ सल्लिकोटका आइतसिंह विरकट्टाको घरमा आगलागी भएको हो ।

आफ्नै घरमा लागेको आगलागीमा परी ८० वर्षीय बृद्ध आईतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिए । विद्युतको तार सर्ट भई आगलागी भएको र आगोलागीबाट विरकट्टाको घर र गोठ पनि जलेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया