कंगनालाई पक्राउ पुर्जी

मुम्बई । बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मुम्बईको अन्धेरी महानगर मजिस्ट्रेट अदालतले १ फेब्रअरीमा कंगनालाई १ मार्चमा अदालतमा पेस हुन आदेश दिएको थियो । कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बईको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए ।

सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । सोमबार कंगना अदालतमा पेस नभएपछि अदालतले जमानती वारेन्ट जारी गरेको हो । कंगनाका वकिल रिजवान सिद्दिकीले अदालतमा कंगनालाई हाजिर हुन आदेश दिनु नै कानुनसम्मत नभएको जिकिर गरे छन् । उनले अदालतको फैसलाविरुद्ध आफूहरु उच्च अदालत जाने तयारीमा रहेको जनाए ।

गीतकार अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको दावी गरेकी छन् । उनले उच्च अदालतले अन्तरिम आदेश नदिए कंगना जसरी पनि अदालत हाजिर हुनुपर्ने बताए । कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको भन्दै अख्तरले नोभेम्बरमै कंगनाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया