दुलालको ‘वनमा खयर’

काठमाडौं । लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ लगायतका दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीत ल्याएका हुन् ।

गीतमा उनलाई गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । शिव हमालको शब्द रचना रहेको गीतमा संगीतकार तथा गायक प्रभावन जेको संगीत छ । गीतको संगीत संयोजन एरेन्जर कमल सौरागले गरेका छन् । गायक दुलालले आगामी दिनमा नेपाली लोकदोहोरीलाई निरन्तरता दिने बताए । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय छ । नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गरेका छन् भने छायांकन हरीश मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया