चितवनमा नीलगाईको आक्रमणबाट एकको मृत्यु

चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी–६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई दिउँसो २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

प्रतिक्रिया