भकारी कार्यक्रमले नागरिकको ध्यान तान्दै

कालिकोट । मानवअधिकार तथा वातावरण विकास केन्द ्र(हुरेन्डेक) नेपाल कालिकोटद्वारा सञ्चालित भकारी कार्यक्रमले नागरिकमा ठूलो आशा छरेको छ । हालसम्म कालिकोटका कति नागरिकका लागि कति कार्यक्रम आए कति कार्यक्रम गए । तर, नागरिकहरु भने सन्तुष्ट देखिएका छैनन् ।

तर, भकारी कार्यक्रमबाट भने नागरिकहरुले ठूलो अपेक्षा गरेका छन् । यू .एस.ए.आइडी, मर्सिकोरको आर्थिक सहयोग तथा अन्य साझेदार संस्थाहरुको सहयोगले कालिकोटमा भकारी कार्यक्रम लागू भएको हो ।

जिल्लास्तरमा सहयोगतथा समन्वय गर्ने मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले विकास निर्माणका कार्यसँगै जलवायु परिवर्तनका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको छ ।

उक्त कार्यक्रमले अब आउने तीन वर्षसम्म कर्णाली नदीको आसपासमा रहेका कालिकोट जिल्लाका स्थानीय तहका जम्मा ३ हजार १ सय ९७ घरधुरीलाई लक्षित गरी सञ्चालन भइरहेको छ । खाँडाचक्र नगरपालिकामा मात्र ६ सय ९ घरधुरीमा काम गर्ने भएको छ ।

यो कार्यक्रम बहुवषर््िाय विपद् व्यवस्थापन र विपद्को बेला सहयोग गर्ने कार्यक्रम हो । दिर्घकालिन रुपमा विपद् तथा आपतकालिन अवस्थामा खाद्यान्न उपलब्धतामा सहयोग गर्नुको साथै छोटो समयमा आइपर्ने आपतकालिन र विपद् जोखिमलाई न्यूनीकरण गर्नु भकारी कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न तथा सामाजिक बञ्चितीकरणमा परेका घरधुरीहरुको खाद्य सुरक्षा र उत्थानशिलता क्षमता अभिबृद्धि गर्नु कार्यक्रमको अति महत्वूुर्ण लक्ष रहेको भकारी कार्यक्रमका हुरेन्डेक संयोजक धुर्व सुनारले बताए ।

सुनारका अनुसार खाद्य उपलब्धता तथा पहुँचमा बृद्धि गर्ने, उत्पाकत्व बढाउन दिगो रुपमा पानीको पहुँचमा सुधार ल्याउने र विपद्को जोखीम वा प्रभावलाई न्यूनिकरण गर्ने भकारी कार्यक्रमको उद्देश्य हो । लैङ्गीक समानता तथा सामाजिक समावेशिकरणका सवालहरु सबै उद्देश्यमा मुख्य रुपमा प्राथमिकता रहेका छन् ।

भकारी कार्यक्रमका जिल्ला संयोजक शिवजी महत्वले ५ वटा पालिकाहरु खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाँउपालिका, महावै गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका ५२ समुदायमा भकारी कार्यक्रममाले कार्य गर्ने बताए । संयोजक महत्वका अनुसार कृषि अन्तर्गतका मुख्य गतिविधीहरुमा पनी कार्यक्रमले काम गर्ने छ ।

कृषि उत्पादनको लागि आवश्यक पर्ने सामग्री र उत्पादन पश्चात बस्तुको बजारमा पहुँच सुधार गर्न सरकारी र निजी क्षेत्रहरुसँग शाझेदारी गर्दै एग्रोभेट, संकलन केन्द्र, व्यापारीहरुबीच सूचनाको आदानप्रदानको वातावरण निर्माणसमेत गनछ । कृषि सामग्री तथा साना पशुपालनका लागि प्राविधिक र आर्थिक सहयोग गर्ने, जलवायु सुहाउँदो प्रविधि र विधि अवलम्बनमा सहयोग गर्ने जस्ता कार्यहरु भकारी कार्यक्रमले गर्नेछ ।

मावनअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले भकारी कार्यक्रममा पानीका परियोजनाहरु निर्माणको मुख्य उद्देश्य खोला, मूल, भूमिगत जल भण्डार तथा वर्षातको पानीलगायतका पानीका श्रोतहरुबाट उपलब्ध पानीको प्रभावकारी प्रयोग गर्ने तथा भण्डारण र निकासको मध्यमबाट शंकटासन्न परिवारको कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक पानीको उपलब्धतामा सहज गराउनु रहेको पनी भकारी कार्यक्रमको लक्ष रहेको बताए ।

सामाजिक व्यवहार परिवर्तनका लागि उपयुक्त सञ्चारको माध्यमवाट भकारीको सबै तहमा सिमान्तकृत जनसंख्याको समावेशलाई प्रोत्शाहन गर्दैै समुदायको सहभागिता वढाउन र व्यवहारमा आवश्यक परिर्वतनका लागि काम भकारी कार्यक्रमले कार्य गर्नेछ । ३ वर्षको अवधीमा जिल्लाका पाँच वटा स्थानीय तहमा कार्यक्रम संचालनका लागि ५ करोड १४ लाख २ सय कार्यक्रम सञ्चालनका लागि बजेट रहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया